काँकडभिट्टा, १२ चैत । स्थानीय इँटाभट्टामा झापाकै पहिलो थ्रीडी चलचित्र घर ‘सिटी सिनेमा हल’स्थापना भएको छ । बिआर (भानु राधिका) ग्यालरीले रु चार करोड लगानीमा स्थापना गरेको सो चलचित्र घर पूर्णरुपमा वातानुकूलितयुक्त छ । हलका सञ्चालक प्रज्ज्वल घिमिरे ‘रेडियो मेची ट्युन्स’का प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ । ...