जेरुसेलम, १२ चैत । प्यालेटिनीहरूले दक्षिणी इजरायली सिमा क्षेत्रमा आक्रमण गरेपछि इजरायली युद्धक विमानले रातभर प्रत्याक्रमण गरेको इजरायली सेनाले शनिबार बताएको छ ।
इजरायली सेनाले अङ्ग्रेजी भाषामा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, सेनाको हवाई आक्रमणमार्फत आतङ्कवादीको राफास्थित संगठनको सैन्य आधार शिविरलाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ ।
आक्रमणबाट हमासले युद्धको लागि बन्दोबस्तीका सामान लगायतका सामग्री नष्ट गरिदिएको इजरायली दैनिक हारेट्जले सेनालाई उद्धृत गरी जनाएको छ ।
हमास विद्रोहीले सिमा क्षेत्रमा अतिप्रज्ज्वलनशील पदार्थ भरिएका बोतलमा आगो लगाएर सुरक्षा अधिकारीमाथि आक्रमण गरेपछि इजरायलले युद्धक विमानको सहयोगमा प्रत्याक्रमण गरेको सेनाको दावी छ ।
घटनामा दुवै पक्षमा हताहती भएको वा घाइते भएको समाचार छ । सेनाले आक्रमण थालेपछि विद्रोही भागेका इजरायली अधिकारीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्