काठमाडौँ, २८ फागुन। संघीय संसद्का सभामुख कृष्णबहादुर महराले अनुशासित भएर काम गर्न संसद् सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सचिवालयका कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले आफ्नो सफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुने हुँदा सहयोगका लागि आग्रह गर्नुभयो । सभामुख महराले भन्नुभयो, “मलाई तपाईंहरुले सहयोग गर्नुहुन्छ भन्ने पूर्ण ...