काठमाडौँ, १२ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ हालै जारी गरेको बताएका छन । गृहमन्त्रालयले ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई पूरा गर्न कार्ययोजना सहयोगी हुने बताए ...