बलेवा, १ असोज । बागलुङको बडिगाड खोलामा ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ । ढुङ्गा लागेर अर्घाखाँची घर भएकी ३५ वर्षीया बिबिरन खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बूर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिनुभयो । खातुन भीमगिठेतर्फ जान लाग्दा ढुङ्गाले लागेको थियो । ...