काठमाडौं, ११ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच सोमबार काठमाडौंको गौशालामा झडप भएको छ । प्रदर्शनकारीले सडक अवरुद्ध गरेर सभा आयोजना गरेका थिए । सडकबाट प्रदर्शनकारीलाई हटाउन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार गरिएपछि झडप भएको हो । सभामा प्रसाईं समेत पुगेका थिए । ...