काठमाडौं १ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पदबाट राजीनामा दिएको रास्वपा स्रोतले पुष्टि गरेको छ । ‘उहाँले अनुशासन आयोगको उपप्रमुखबाट राजीनामा पार्टीमा बुझाउनुभएको छ । पार्टीबाट नै राजीनामा दिनुभएको चाहिं होइन,’ रास्वपा स्रोतले भन्यो ...