काठमाडौ ११ असार । पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा जारी थुनछेक बहसमा न्यायाधीश र अधिवक्ताबीच सवाल जवाफ चलेको छ। वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट बहस गरेपछि नेपाल पक्षबाट बहसमा उत्रिएका अर्का वरिष्ठ अधिवक्ता शम्भु थापाले त्यसको आलोचना गरे। ...