काठमाडौं — नेकपा निकट युवा संगठन जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिना लाई प्रहरीले पक्राउ गरेको छ । बिहान करिब ११ बजे अनामनगरबाट सादा पोसाकका प्रहरीले “पार्टीका मान्छे हौँ, काम छ” भन्दै उनलाई नियन्त्रणमा लिएका थिए । पक्राउ गरेलगत्तै उनलाई भद्रकालीस्थित प्रहरी परिसर लगिएको थियो ...