जेन–जी आन्दोलन, भ्रष्टाचारप्रति आक्रोश र परिवर्तनको चाहनाले बदलियो नेपाली राजनीति काठमाडौं, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिमा ठूलो सन्देश दिएको छ। लामो समयदेखि सत्ताको केन्द्रमा रहेका पुराना राजनीतिक दलहरू—नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत—लाई मतदाताले कडा सन्देश दिँदै प्रतिपक्षमा सीमित गरिदिएका ...