काठमाडौँ १३ जेठ । नेपाल विद्युत प्राधिकरणले शनिबारबाट भारतमा विद्युत निर्यात सुरु गरेको छ । नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ । शनिबार प्राधिकरणले १०० मेगावाट विद्युत् भारत निर्यात गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जनाकारी दिए । ...