काठमाडौं, २५ भदौ । समाजवादी मोर्चाले आज कोसी प्रदेशको विराटनगरमा सन्देशसभा आयोजना गरेको छ । विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रमको ब्यानरमा भने प्रदेशको नाम उल्लेख भएन । प्रदेशस्तरीय सन्देश सभामा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका ...