ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अखिल क्रान्तिकारीको विवाद मिलाउन दुवै कमिटी भंग गरिँदै, माओवादीले आयोजक समिति बनाउने


एबीसी न्यूज
२५ भदौ २०८०, सोमबार   १२ : ३८   बजे

काठमाडौं, २५ भदौ । नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीको करिब एक वर्षदेखिको विवाद मिलेको छ।

पञ्चा सिंह र पवन कार्की समूहबीचको विवादलाई सोमबार बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिा मिलाइएको हो।

प्रचण्डको उपस्थितिमाा सोमबार भएको छलफलबाट पुरानो कमिटी भंग गरि नयाँ सम्मेलन आयोजक समिति बनाउने सैद्धान्तिक सहमति जुटाएको छ।

उक्त छलफलपछि विद्यार्थी फाँटका इन्चार्ज हिमाल शर्माले सबैको सकरात्मक प्रयासले अखिल क्रान्तिकारी एक भएको बताए।

अखिल क्रान्तिकारीमा अहिलेसम्म पञ्चा सिंह र पवन कार्की नेतृत्वको समानान्तर दुई समूह क्रियाशील थिए।

दुवैले नेतृत्व गरेको टिमलाई समेटेर ९९ सदस्यीय भेला २३औँ राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने सहमति भएको नेता पवन कार्कीले नेपालखबरलाई बताए।

‘संगठनभित्रको विवाद समाधान भइसकेको छैन, समाधानउन्मुख छ। पार्टीको निर्णय आउनुपर्छ, त्यसलाई कार्यान्वयन गरेर जाने वातावरण बने समस्या समाधान हुन्छ,’ उनले भने।

अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले आयोजक समिति करिब २ सयजनाको बन्ने बताए।

सहमतिअनुसार यसअघिको २२ औँ राष्ट्रिय सम्मेलनका आयोजक समिति सदस्यहरु सबै अब केन्द्रीय सचिव हुनेछन्।
तत्कालीन २१ औँ राष्ट्रिय सम्मेलनपछिका प्रदेश सह(संयोजकहरु ९हालका केन्द्रीय सचिव, केन्द्रीय आयोगका प्रमुख र उपप्रमुख, प्रदेश अध्यक्षहरु उपमहासचिव हुने भएका छन्।

संगठनको केन्द्रीय पदाधिकारीमै २०० जना हुनेछन्। आयोजक समितिमा रहने सबै नयाँ राष्ट्रिय सम्मेलनमा आ–आफ्नो कार्यक्षेत्र वा जिल्लाबाट प्रतिनिधि चुनिएर आउनु पर्ने भएको छ।

अहिले सिंह नेतृत्वको क्रान्तिकारीमा ४९ जना पदाधिकारी छन्। त्यसमा पवन कार्की नेतृत्वको समूहको थपेर ९९ सदस्यीय बनाउने तयारी छ।

नयाँ सम्मेलन आयोजक समितिको पदाधिकारी बनाउँदा यसअघि रञ्जित तामाङ अध्यक्ष हुँदा बहाल रहेको आयोजक समितिलाई आधार मान्ने सैद्धान्तिक सहमति भएको छ।

तामाङ नेतृत्वको आयोजक समितिका कतिपय नेताहरुले अहिले विद्यार्थी संगठन छोडिसकेकाले बाँकीलाई समेट्ने तयारी छ।

विद्यार्थी फाँटको इन्चार्जमा पूर्व अध्यक्ष एवम् माओवादी युवा नेता हिमाल शर्मा छन्। उनकै पहलमा विद्यार्थीको विवाद समाधान प्रयास भएको हो।

बालुवाटारको छलफलमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव वर्षमान पुनसहित दुवै अखिल क्रान्तिकारीका नेताहरु थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खस्यो, एकतर्फी मात्रै यातायात सञ्चालन

बजारमा पुनः एलपी ग्यास अभाव, उपभोक्ता मारमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu