काठमाडौँ, ३० बैशाख । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले आफूले जित्नेमा ढुक्क रहेको बताउनुभएको छ । गैरीगाउँस्थित केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूले पाउने मत अरु बढ्ने समेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अरु कसैले हार्नेभन्दा पनि हामीले जित्ने हो, मेरो प्रतिस्पर्धा ...