बेइजिङमा आगामी हप्ता राष्ट्रपति ट्रम्प र राष्ट्रपति सी जिनपिङबीच हुन लागेको शिखर सम्मेलन सन् १९७२ मा रिचर्ड निक्सन र माओ जेदोङबीचको भेटपछिको सबैभन्दा महत्त्वपूर्ण जम्काभेट हुन सक्छ। त्यसबेलाको शिखर सम्मेलनले दशकौँदेखिको चीन-अमेरिका दुश्मनीलाई मत्थर पारेको थियो र सोभियत संघविरुद्ध दुई देशबीच एउटा अघोषित गठबन्धन निर्माण ...