काठमाडौं १८ फागुन । मौसम अनुकूल नहुँदा हिमाली जिल्ला मनाङ, मुस्ताङ र हुम्लामा रोकिएको किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान आजदेखि सञ्चालन भएको छ । यसअघि हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाइ भएको थियो । मनाङ, मुस्ताङ ...