काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धिका साथै जनताको परिवर्तनको आवश्यकता पूरा गर्न अझै पनि मुलुकमा माओवादीको आवश्यकता रहेको बताउनुभएको छ । पार्टीको आठौँ राष्ट्रिय महाधिवशेनलाई सम्बोधन गर्दै उहाँले मुलुकका विभिन्न पाँच समस्या समाधान गर्न माओवादी बलियो हुनुपर्ने बताउनुभयो ...