काठमाडौं, २४ असोज । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौं आउंदै गरेको बस इन्द्रावती गाउंपालिकाको भोटसिपामा दुर्घटना हुंदा आठ जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नंको बस आज बिहान दुर्घटना हुदा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको ...