काठमाडौं, २७ फागुन । तीनबुँदे मागसहित कैलाली जिल्ला कारागारमा ६ दिनदेखि अनसनरत प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। सेती अञ्चल अस्पतालले चौधरीलाई रेफर गर्नुपर्ने व्यहोराको कागज बनाएपछि उनलाई काठमाडौं ल्याउने तयारी अघि बढेको कैलालीका प्रहरी प्रवक्ता सागर बोहोराले बताए। ...