काठमार्डौ, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताएका छन् । बुधबार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले अब कोही पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर नहुने बताए । ...