काठमाडौं १३ पौष । चितवनमा इलेक्ट्रिक भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१, सिमपानीका ६१ वर्षीय गणेश थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । गए राति करिब ११ बजे भरतपुर महानगरपालिका–१२, मिलनचोकमा बा।प्र।०३–००१ज ४५८ नम्बरको भ्यानले पैदलयात्री उनलाई ठक्कर दिएको थियो । ...