काठमाडौं १६ पौष । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट युवाहरूले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि अर्धनग्न भएर प्रदर्शन गरेका छन्। पाँचजनाको समूहमा रहेका उनीहरू ‘नो एमसीसी’ लेखिएको पोस्टर शरीरमा टाँसेर अर्धनग्न अवस्थामा प्रधानमन्त्री निवासको पूर्वी गेटअगाडि नारा लगाउँदै पुगेका थिए। प्रधानमन्त्री निवासको गेटसम्मै नारा लगाउँदै ...