बागलुङ, २३ माघ । नेकपा (एमाले) का सचिव पद्ममा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताउनुभएको हो । उहाँले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति ...