दाङ,७ पुस । दाङको राप्ती गाउँपालिकाले स्थानीय आदर्श नमूना माध्यमिक विद्यालयमा अध्ययनरत न्यून दृष्टियुक्त बालबालिकालाई साङ्केतिक वाद्यवादन उपलब्ध गराएको छ । विद्यालयमा १४ न्यून दृष्टियुक्त बालबालिका अध्ययन गर्दछन् । विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलले बालबालिकालाई मनोरञ्जन गर्न हार्मोनियम, गीतार, मादल, सारङ्गी, खैजडी, ट्याम्पु, मुरली, बासुरी, चापलगायत ...