ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय गायिका भोस्लेद्वारा राष्ट्रपति भण्डारीसँग भेटघाट


एबीसी न्यूज
१२ पुस २०७६, शनिबार   ७ : ५९   बजे


काठमाडौं, १२ पुस । भारतीय चर्चित गायिका आशा भोस्लेले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्नुभएको छ । भोस्लेले  राष्ट्रपति निवास शीतल निवासमा पुगी राष्ट्रपतिसँग  भेटघाट गर्नुभएको हो । आज शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन उहाँ बुधबार नेपाल आउनुभएको हो । साधना कला केन्द्रको आयोजनामा हुन लागिरहेको बृहत् सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन भोस्ले नेपाल आउनुभएको हो ।

राष्ट्रपति भण्डारीले भोस्लेले नेपाली गीतसङ्गीतको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेको भेटघाटमा संलग्न केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिनुभयो । “उहाँका गीतबाट राष्ट्रपति भण्डारी निकै प्रभात हुनुहुँदो रहेछ”, मोक्तानले भन्नुभयो, “भोस्लेसँग भेट गर्न पाउँदा राष्ट्रपति धेरै खुशी हुनुभयो ।” भेटमा देशको समसामयिक घटनाक्रमका विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । भोस्लेले नेपालमा आफूले सोचेभन्दा धेरै सम्मान पाएको विषय राष्ट्रपतिलाई अवगत गराउनुभयो”, मोक्तानले भन्नुभयो, “विमानस्थलमा नेपाली संस्कृतिले गरेको स्वागत स्मरणयोग्य रहेको उल्लेख गर्नुभयो ।”

शनिबार हुने कार्यक्रममा गायिका भोस्लेले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है लगायतका आफूले स्वर दिएका थुप्रै नेपाली गीत गाउनु हुनेछ । उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनेछन् । केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार पनि नेपाल आउनुभएको छ । आज हुन लागिरहेको कार्यक्रमले नेपालको साङ्गीतिक क्षेत्रमा दीर्घकालीन महत्व राख्ने मोक्तानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group