काठमाडौ १६ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नकारात्मक सन्देशको निरन्तरताले नेपाली काँग्रेस सशक्त बन्न नसक्ने बताएका छन्। शुक्रबार काठमाडौंमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले आफूलाई जिम्मेवारी दिएर सरकारमा पठाएको र जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्ने प्रतिवद्धता जनाए। ...