काठमाडौं ३ फागुन । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले सत्तारुढ दलसँग छलफल नै नगरी हतारमा भूमिसम्बन्धी अध्यादेश ल्याउँदा अहिलेको परिस्थिति उत्पन्न भएको बताएका छन्। विश्वकर्माले अध्यादेश ल्याउनुअघि एमाले र एमालेबाट मन्त्री भएकाहरुले छलफल नगरी हतार गर्दा अहिलेको परिस्थिति सिर्जना भएको बताएका हुन्। ...