काठमाडौं १४ पुस । सोलुखुम्बु लुक्ला नजिकै सुर्केसम्म पुगेको सडक उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटक सडक’ उद्घाटन २० पुसमा गर्ने तयारी छ । सोही कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने गाउँपालिकाले जनाएको छ ...