ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियामा १८१ जना सवार जहाज दुर्घटना भएपछि जेजु एअरले माग्यो माफी


एबीसी न्यूज
१४ पुस २०८१, आइतबार   १ : ५८   बजे

काठमाडौं १४ पुस । दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान १८१ जना सवार विमान दुर्घटनामा २ जना बाँच्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

तर मृत्यु कति जनाको पुष्टि भयो भन्ने विषयमा फरक(फरक समाचार आइरहेका छन्।

दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले उद्धार गरिएका २ जनाबाहेक बाँकी सबैको मृत्यु भएको अनुमान गरिएको उल्लेख गरेको छ। यद्यपि अहिलेसम्म अधिकारीहरूले ९४ जनाको मृत्यु पुष्टि गरेको जनाइएको छ।

दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्ससँग दुई जना जीवितै फेला परेको बताएका छन्।

समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्यान्डका नागरिक थिए।

विमान दुर्घटनाको ठोस कारण भने पत्ता लागेको छैन। तर, समाचार एजेन्सी योनहापका अनुसार दुर्घटनाको कारण चरासँग विमान ठोकिएको देखिएको छ।

विमान दुर्घटनापछि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको छ, जसको पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ।

भिडिओमा विमान अवतरणको क्रममा रनवेबाट चिप्लिएर पर्खालमा ठोकिएपछि त्यसको केही भाग आगोले जलेको देखिन्छ। दोस्रो भिडिओमा कालो धुवाँको मुस्लो आकाशमा उडिरहेको देखिन्छ।

दक्षिण कोरियाको दमकल विभागले जारी गरेको विज्ञप्तिमा एक यात्रु र एकजना चालक दलका सदस्य बचाइएको बताइएको छ।

मुआन दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर टाढा छ। दक्षिण कोरियाको विमान उद्योग सुरक्षाका हिसाबले राम्रो मानिन्छ।

यो विमान दुर्घटना इतिहासमा जेजु एयरको पहिलो घातक दुर्घटनाका रूपमा वर्णन गरिएको छ। जु एयर २००५ मा स्थापना भएको दक्षिण कोरियाको सबैभन्दा ठूलो कम लागतको एयरलाइन्समध्ये एक हो।

जेजु एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ूमुआन एयरपोर्टमा भएको यस दुर्घटनामा परी ठूलो नोक्सानी भएको सबैमा हामी जेजु एयरको शिर झुकाएर माफी चाहन्छौँ।ू

विज्ञप्तिमा थप भनिएको छ, ूहामी यस घटनाको वास्तविकता बताउन हरसम्भव प्रयास गर्नेछौँ। हामी यस घटनाका लागि क्षमाप्रार्थी छौँ।ू

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group