काठमाडौं २१ जेष्ठ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमण चलिरहेकै बेला परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री खनालले जुन ६ र ७ मा भारत भ्रमण गर्ने कार्यक्रम तय भएको हो। ...