काठमाडौं ५ बैशाख । नेपाल सुपर लिग एनएसएल फुटबलमा एफसी चितवनले धनगढी एफसीलाई हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको लिग चरणको अन्तिम खेलमा चितवनले धनगढीलाई ३–१ ले हराउँदै प्लेअफमा प्रवेश गरेको हो । जीतसँगै ६ खेलमा १० अङ्क जोडेको चितवन तेस्रो स्थानमा रहेको ...