काठमाडौं २१ पुस । एर्लिङ हालान्डले हानेका २ गोल सहयोगमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडविरुद्ध सहज जित हासिल गरेको छ। शनिबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले वेस्ट ह्यामलाई ४–१ ले हराएको हो। पहिलो हाफको १०औँ मिनेटमा वेस्ट ह्यामका भ्लादिमिर काउफलको उपहार ...