ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिम्बावे र अफगानिस्तानबीचको पहिलो टेस्टमा कीर्तिमानै कीर्तिमान


एबीसी न्यूज
१६ पुस २०८१, मंगलबार   १२ : ५२   बजे

काठमाडौं १६ पुस । जिम्बावे र अफगानिस्तानबीचको पहिलो टेस्ट क्रिकेटमा कीर्तिमानको ओइरो लागेको छ । बुलावायोको क्वीन्स स्पोर्ट्स क्लबमा भएको खेल बराबरीमा सकिएको थियो ।

अफगानिस्तानको पहिलो पारीमा ६ सय ९९ र घरेलु टोली जिम्बावेले पहिलो पारीमा ५ सय ८६ र दोस्रो पारीमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाउँदा खेल बराबरीमा सकिएको हो । बुलावायोमा अफगानिस्तानले बनाएको ६ सय ९९ रन टेस्ट क्रिकेटमा उसको सर्वाधिक योगफल हो ।

यस्तै अफगानिस्तान सबैभन्दा कम खेल खेलेर टेस्ट क्रिकेटको एउटै पारीमा ६ सय रन बनाउने टोली बनेको छ । सन् २०१८ मा पहिलो टेस्ट खेलेको अफगानिस्तानले १० औं खेलमा यो उपलब्धि हासिल गरेको हो ।

हशमतुल्लाह शाहिदीले बनाएको २ सय ४६ रन अफगानिस्तानका लागि सर्वाधिक व्यक्तिगत योगफल हो । हशमतुल्लाहको यो दोस्रो शतक हो ।

यस्तै दोहोरो शतक बनाएका अफगानिस्तानकै अर्का ब्याटर रहमत शाहले पनि कीर्तिमान बनाएका छन् । उनी टेस्ट क्रिकेटमा पहिलो दुई शतकलाई दोहोरो शतकमा परिणत गर्ने पाँचौं खेलाडी बनेका छन् ।

यसअघि इङ्ग्ल्यान्डका वाली हमोन्ड, वेस्ट इन्डिजका रोहन कान्हाई, पाकिस्तानका जहीर अब्बास र भारता विनोद काम्ब्लीले यो उपलब्धि हासिल गरेका थिए ।

खेलको तेस्रो दिन ९५ ओभर ब्याटिङ गरेका रहमत र शाहिदी एकैदिनको खेलमा सबैभन्दा धेरै ओभर खेल्ने तेस्रो जोडी बनेका छन् । यस्तै जिम्बावेले बनाएको ५ सय ८६ रन टेस्ट क्रिकेटमा उसको सर्वाधिक योगफल हो ।

यस्तै एउटै टेस्टमा दुवै टोलीले आफ्नो सर्वाधिक योगफल बनाउने दुलर्भ कीर्तिमान पनि बनेको छ । रहमत र शाहिदीबीच तेस्रो विकेटका लागि भएको ३ सय ६४ रनको साझेदारी अफगानिस्तानका लागि टेस्ट क्रिकेटमा कुनै पनि विकेटका लािग सबैभन्दा धेरै रनको साझेदारी हो र यो जिम्बावेसँगको टेस्टमा कुनै पनि विकेटको लागि भएको दोस्रो ठूलो साझेदारी पनि हो ।

यस्तै जिम्बावेका २१ वर्ष ४६ दिनका ब्रायन बेनेट बुलावायोमा टेस्ट क्रिकेटमा शतक बनाउने र पाँच विकेट लिने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । बेनेट जिम्बावेका लागि टेस्टमा शतक र पाँच विकेट लिने दोस्रो खेलाडी पनि बनेका छन् ।

जिम्बावे र अफगानिस्तानबीचको दोस्रो तथा अन्तिम टेस्ट आउँदो बिहीवारदेखि बुलावायोमा शुरू हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu