ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानीको क्षेत्रमा दीर्घकालीन महत्त्वका सामूहिक योजना बनाउनुस : खानेपानी मन्त्री


एबीसी न्यूज
४ कार्तिक २०७६, सोमबार   ८ : ३८   बजे

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले जनताको आवश्यकतालाई ध्यान दिएर सामूहिक रूपमा योजना निर्माण गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजना गरेको दुई दिने योजना कार्यशाला गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पहुँचको भरमा भन्दा पनि सामूहिक तहमा योजना बनाएर अघि बढ्न निर्देशन दिनुभएको हो । उहाँले योजना छनौट गर्दा खानेपानीको अति आवश्यकता भएको क्षेत्रलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
“मन्त्रालय र विभागमा आएर योजना माग्नेलाई होइन जटिलतम आवश्यकता हेरेर योजना बनाउनुस । उहाँले भन्नुभयो, ” कतिपय योजनाहरु हचुवाको भरमा आएका छन् । यसमा ध्यान दिनुस । वैज्ञानिक हिसाबले दीर्घकालीन महत्त्व राख्ने खालका कार्यक्रम र योजना बनाउनुस ।

दीगो विकासका लक्ष्यहरु हासिल गर्ने वैज्ञानिक हिसाबका योजनाहरु बनाएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । देशै भरिको खानेपानी र सरसफाइको गुरु योजना बनाउन अति आवश्यक रहेको उहाँको भनाइ छ ।

खानेपानीका कतिपय आयोजनाहरु संघ र प्रदेशमा दोहोरिने सम्भावना धेरै छन् । सामूहिक रोड म्याप बनाएर अघि बढ्नु होला । कर्मचारीहरुलाई निर्देशन दिदै भन्नुभयो, घण्टौ घण्टा पानी लिन जानुपर्ने क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गर्नुहोला । योजना बनाउदा भोलिको टीमले आत्मसात् गर्ने खालको बनाउनुस ।
चालु आर्थिक वर्ष भित्र नतिजा देखिने गरि फिल्डमा खटेर काम गर्न उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
विभागका महानिर्देशक सुनिलकुमार दासले चालु आर्थिक वर्षमा नतिजा देखिने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । फिल्डमा देखिने समस्यालाई हल गर्दै मन्त्रालयको समन्वयमा अघि बढ्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group