ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देही उद्योग संघमा पद हस्तान्तरण


sharan sharan
१८ कार्तिक २०७६, सोमबार   ९ : २८   बजे

बुटवल, १८ कार्तिक ।
रुपन्देही उद्योग संघको ४१ औ साधारण सभा तथा २१ औ अधिवेशनबाट निर्वाचित कार्यसमितीले आजबाट आफ्नो पदभार ग्रहण गरेको छ ।
उद्योग संघले आज एक कार्यक्रमका बिच नव निर्वाचित कार्यसमितीलाई सपथ ग्रहण गराउनुका साथै पद हस्तान्तरण गरेको थियो । बाबुराम बोहोराको अध्यक्षतामा निर्वाचित टिमलाई प्रदेश नम्बर ५ सरकारका भौतिक योजना तथा यातायात मन्त्री बैजनाथ चौधरीले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो भने निर्वाचन समितीका संयोजक यामलाल खनालले सपथ गराउनु भएको थियो ।
पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले ५ नम्बर प्रदेशलाई औद्योगिक हव बनाउन पदेश सरकार प्रतिबद्ध रहेको बताउंदै उद्योगीहरुलाई चाहिने पुर्वाधार निर्माणमा सरकार जुटिरहेको बताउनु भयो । उहांले पानी , बिद्युत, सडक जस्ता पुर्वाधार निर्माणमा सरकार लागिरहेको बताउंदै औद्योगिक हब बनाउन सरकारले उद्योगीहरुसंग समन्वय गर्ने स्पष्ट पार्नुभयो । उद्योग निती तथा ऐनहरु निर्माण गर्दा उद्योगीहरुले दिएको सुझाव समावेश गर्न सरकार तयार रहेको मन्त्री चौधरीको भनाई थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारीले नवनिर्वाचित अध्यक्ष बाबुराम बोहरालाई पद हस्तान्तरण गर्नुभएको थियो ।
अध्यक्ष सहित ३१ जना कार्यसकितीको पदाधिकारी तथा सदस्यहरुका लागि गत असोज ३० गते निर्वाचन भएको थियो । अध्यक्ष बोहोरा भने निर्बिरोध निर्वाचित हुनुभएको थियो । कार्यसमितीमा १ जना निवर्तमान अध्यक्ष र अध्यक्षले ३ जना मनोनित गरि ३५ जना रहने संघको बिधानले ब्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसद इस्तियाक राईको प्रश्न : ‘सेनाको औचित्य के हो ? ‘

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu