ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिमामा बस्ने नेपाली जनता भारतीय दादागिरी सहेर बस्न बाध्य (भिडियोसहित)


admin
२४ कार्तिक २०७६, आइतबार   १ : ३४   बजे

काठमाडौं २४ कात्तिक । भारतले नेपालको भुमि कालापानी र लिपुलेकलाई आफ्नो भुमि बनाई नक्सा सार्वजनिक गरेपछि यसको चौतर्फी विरोध जारी छ । सरकारका मन्त्रीदेखि आम सर्वसाधारण छिमेकी राष्ट्रलाई भारतले गर्ने व्यवहारप्रतिप्रति आक्रोशित बनेका छन । विज्ञहरुले सीमा समस्यालाई अब आलटान गर्नु भन्दा दीर्घकालीन समाधान हुनेगरी सल्टाउन पर्ने बताएकाछन् ।

भारतले जहिलेपनि सिमाक्षेत्रमा रहेको नेपाली भूभागलाई आफनो बनाउनका लागि बिभिन्न षड्यन्त्र गर्दै आएको छ । यसको गतिलो उदाहरण त मिशन रअ इन नेपाल नामक पुस्तकमा रअका हाकिम आर के यादवले गरेको स्वीकारोक्तिबाटै प्रष्ट हुन्छ । नेपालको तराईलाई आफ्नो भूभाग बनाउनुपर्ने साउथ ब्लक र रअका पूर्व अधिकारीहरुको कोचिङलाई वर्तमान भारतका अधिकारीहरुले छोड्न चाहेका छैनन् । राजनीतिक रुपमा दुई देशबीच सम्बन्ध सुधार हुंदै गएपनि भारतको गलत ब्यवहारकै कारण भारतलाई हेर्ने नेपालीको दृष्टिकोण सकारात्मक बन्न सकेको छैन । सीमा मिचेर आनन्द मान्ने भारतप्रति नेपाली नागरिकको नजरमा घृणा जन्मिनु स्वयं भारतकै लागी राम्रो पटक्कै हुनसक्दैन । यसतर्फ भारतीय शासकहरुले जहिल्यै पनि नजरअन्दा गरिरहेका छन् । अर्थात उनीहरुको हैकमवादी प्रवृति एवं उपनिवेशकालीन सोच अझै पनि कायमै छ ।

पछिल्लो सयम कालपानी र लिपुलेक समेत आफनो देशभित्र पारेर भारतले नक्सा सार्वजिक गरेको छ । यसले के देखाउंछ भने भारतले जसरी पनि नेपाली भूभागमाथि कब्जाको राणनीति अपनाइरहेको छ । हुन त, सीमा किचलो पछिल्लो घटनामात्र होइन अहिले सम्ममा ६० हजार हेक्टर बढी भूमि भारतले मिचिसकेको छ । नेपालको कमजोर राजनीति र कुटनीतिको फाइदा उठाउदै सिमाका जंगे पिल्लरहरु निरन्तर नेपालतर्फ सार्ने काम भैरहेको छ । सिमामा बस्ने नेपाली जनता भारतीय दादागिरी सहेर बस्न बाध्य छन् । तराई र पहाडका सीमा क्षेत्रमा भारतको नियोजित सीमा अतिक्रमण भैरहेको छ । समस्या समाधानका लागि नेपाल र भारतबीच विभिन्न समयमा उच्चस्तरीय सम्झौता गरिए पनि त्यसको असर अहिलेसम्म देखिएको छैन ।

५७ वर्ष अघि अतिक्रमित नेपाली भूमि कालापानी र लिपुलेक भारतीय नक्शामा सार्वजनिक हुनुले नेपालको सार्वभौमकतामाथि प्रहार भएको छ । यसबाट नेपालमाथि भारतीय ज्यादती कति छ भन्ने स्पष्ट गराएको छ । भारतले नयां नक्शामार्फत नेपाली भूमिलाई औपचारिक रुपमा आफ्नो मुलुकमा गाभ्न र यसको अन्तराष्ट्रिय समर्थन प्राप्त गर्नकै लागि यो नक्शा सार्वजनिक गर्नुको मुल उद्देश्य देखिन्छ ।

सरकारले भारतीय कदमको कुटनीतिक तबरबाट प्रतिवाद गर्नुपर्ने आवाज तिव्र रुपले उठिरहेको छ । र, सरकारले औपचारिक रुपमा वक्तव्य प्रकाशित गरेर लिपलेक कालापानी क्षेत्र नेपालको रहेको प्रष्ट पारिसकेको छ । देशभित्र उब्जेको भारतविरोधी प्रदर्शनलाई मत्थर पार्न मात्र वक्तव्यमा सीमित नभै भारतसंग शीर ठाडो पारेर सीमा समस्याको स्थायी समाधान खोज्न दबाब दिनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र देशभक्तिका लागि सबै राजनीतिक दलहरुसंग परामर्श सुरु गरेका छन् । यसलाई सकारात्मक मान्नुपर्छ । तर भारतसंगको सीमासमस्यालाई दिर्घकालिन समाधानको शिघ्र कुटनीतिक पहल आवश्यक देखिन्छ ।

सन १८१६ को सुगौली सन्धी अनुसार भारतले नेपालका बिभिन्न सिमाना नेपाली भूमि मिचेको छ । कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ । भारतस“ग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या उस्तै छन । विगतमा नेपालले आफनो सिमा लुटिदा समेत चुपचाप सहेर बसेकै कारण अहिले नक्साबाटै नेपाली भूभाग गाभिएको हो । त्यसैले भारतीय शासकको मिचाह प्रवृत्ति बिरुद्ध नागरिक स्तरमा देशभक्तिको भावना थप जाग्रित हुन आवश्यक छ भने त्यसका जगमा सरकारले कुटनीतिक पहललाई अघि बढाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group