ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन २०७६ ; धुलिखेल, सखुवाप्रसौनी र बैतडीमा मतदान जारी


एबीसी न्यूज
१४ मंसिर २०७६, शनिबार   ९ : २९   बजे


काठमाडौं, १४ मंसिर । धुलिखेल नगरपालिका–२ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान शुरु भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत उमेश राईका अनुसार रविओपीको सेतीदेवी मावि माझथुम मदतानस्थलमा केन्द्र ‘क’ र ‘ख’ केन्द्र रहेकामा केन्द्र ‘क’ मा ९५२ र केन्द्र ‘ख’ मा ९२५ ले मतदान गर्दैछन् । त्यहाँ जम्मा एक हजार ८७७ मतदाता रहेका छन् । वडा नं २ को वडाध्यक्ष पदका लागि नेकपाबाट देवप्रसाद कोइराला, नेपाली काङ्ग्रेस पार्टीबाट दर्णबहादुर खत्री, राजपा नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट वासुदेव थापा उम्मेदवार रहनुभएको छ ।

निर्वाचन शान्तिपूर्णरूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोले बताउनुभयो । निर्वाचनस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका करीब २०० सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै बाहिर सुरक्षाका लागि पनि सुरक्षा व्यवस्था कडा पारिएको सापकोटाले बताउनुभयो ।

वीरगञ्ज– पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा आजदेखि वडास्तरीय मतदान शुरु भएको छ । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने मतदानस्थलमा कडा सुरक्षाबीच मतदान भइरहेको जनाइएको छ ।

त्यहाँ दुई हजार ६०२ मतदाता रहेका छन् । उपनिर्वाचनका लागि मतदान केन्द्र एक र मतदानस्थल तीन मतदानस्थल रहेको छ । मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएकाले मतदातालाई मतदानस्थलसम्म आउन सहज भएको छ ।

सो मतदानमा महुवन, बलुवा र सोलकपुर गरी तीन गाउँका मतदाता सहभागी रहेका छन् । क, ख, ग गरी तीन मतदान केन्द्र रहेको छ ।

बैतडी ः उपनिर्वाचन हुने बैतडीका तीनवटै वडामा मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो । बिहान साँढे ८ बजेसम्म ४३७ जनाले मतदान गरेका निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो । उपनिर्वाचन हुने तीन वडामा कूल चार हजार ३३६ मतदाता रहेका छन् ।

उपनिर्वाचनका लागि छ मतदानकेन्द्र तोकिएका छन् । दोगडाकेदार गाउँपालिका–४ को केदार मावि पिपलकोटमा क र खमा गरी एक हजार २२९, हुनैनाथ आधारभूत विद्यालय कपिन्नामा ५७९ र सुर्नया गाउँपालिका–१ को साविकको गाविस भवन गुर्केलीमा ६१९ मतदाता छन् । पुर्चौडी नगरपालिका–४ को महादेव मावि सिवाबोमा ८६५, पहरौल मावि बाङ्गामा एक हजार ४४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित करीब ४०० जनशक्ति परिचालन गरिएको छ । उपनिर्वाचन हुने जिल्लाको दोगडाकेदार–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा ३०० बढी सुरक्षाकर्मी र ५४ कर्मचारी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । तीन वडामा छ मतदान केन्द्र तोकिएकामा प्रत्येक मतदान केन्द्रमा नौ कर्मचारी र ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदानकेन्द्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group