ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४३ वटा मध्य ३९ वडाको नतिजा सार्वजनिक, २२ ठाउँमा नेकपा विजयी


एबीसी न्यूज
१५ मंसिर २०७६, आइतबार   १० : २८   बजे

काठमाडौं , १५ मंसिर  उपचुनावको मतपरिणाम धमाधम आइरहेको छ । पालिकाका ४३ वटा वडामध्ये ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी नेपालका तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

यसअघिको चुनावको परिणाम हेर्दा केही ठाउँमा नतिजा उल्टिएको छ । सत्तारुढ नेकपाले बैतडी, दाङ, चितवन, सर्लाही, अर्घाखाँची, पाँचथरका का गरी ६ वटा वडा गुमाएको छ । त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यस्तै कांग्रेसले यसअघि जितेका बाँके, अछाम, बाजुरा, सिन्धुपाल्चोक, सिरहा र पाँचथरमा नेकपा विजयी भएको छ ।

सत्तारुढ नेकपालाई सबैभन्दा ठूलो झड्का चितवनमा लागेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला समेत रहेको चितवनका तीनवटा वडामा नेकपाका सबै उम्मेदवार पराजित भएका छन् । यसअघि एमालेले एक्लैले जितेका वडामा समेत कांग्रेस विजयी भएको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४, वडा नः ५ र भरतपुर महानगरपालिका वडा नः १६ मा वडाध्यक्ष पदमा भएको चुनावमा कांग्रेस उम्मेदवारहरु विजयी भएका छन् । प्रचण्डको निर्वाचन क्षेत्र नं ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नः १६ मा कांग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी हुनुभएको हो । उनले नेकपाका उम्मेदवारलाई ३०८ मतको अन्तरले पराजित गर्नुभएको हो ।

दाङको घोराही १६ मा यसअघि नेकपाले जितेकोमा अहिले कांग्रेस विजयी भएको छ । यसअघि नेकपा विजयी भएको अर्घाखाँचीका मालारानी ३ मा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नेकपाले जितेको सर्लाही हरिपूर्वा १ मा समाजवादी पार्टी विजयी भएको छ । यसअघि राजपाले जितेको रौतहट गढीमाई २ मा कांग्रेसले जितेको छ ।

यसअघि कांग्रेसले जितेको बाजुराको त्रिवेणी गाउँपालिका १ मा नेकपा विजयी भएको छ । यस्तै यसअघि कांग्रेसले जितेको पाँचथरको फिदिम १ मा नेकपा र तत्कालीन एमालेले जितेको हिलिहाङ–७ मा कांग्रेस विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu