ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘काठमाडौँ नेचरोप्याथी अस्पताल’को उपप्रधानमन्त्री पोखरेलबाट शुभारम्भ


एबीसी न्यूज
१५ मंसिर २०७६, आइतबार   ३ : २६   बजे

काठमाडौँ, १५ मङ्सिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गुणस्तरीय स्वास्थ्य भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताउनुभएको छ । उहाँले बसुन्धरास्थित ‘काठमाडौँ नेचरोप्याथी अस्पताल’को आज शुभारम्भ कार्यक्रममा पूर्वाधार निर्माण भएर मात्र मुलुक समृद्ध हुने बताउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गुणस्तरीय स्वास्थ्य सेवा आवश्यक रहेको स्पष्ट गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले प्राकृतिक चिकित्साको माध्यमबाट आम नागरिकलाई स्वास्थ्य सेवा दिएर सो अस्पतालले महत्वपूर्ण कामको थालनी गरेको बताउनुभयो । “राम्रो कामको थालनी भएको छ, अखण्डित ढङ्गले सेवा प्रदान गर्नुहोस्”, शुभकामना दिँदै उहाँले भन्नुभयो । अस्पतालको विकासका लागि सरकारका तर्फबाट सहयोग गरिने उहाँको भनाइ थियो ।

सो अवसरमा पूर्वमन्त्री रामबहादुर गुरुङले योग र प्राकृतिक चिकित्साको खाँचो दिनानुदिन बढ्दै गएको छ भन्दै गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो । वरिष्ठ योग चिकित्सक हरिप्रसाद पोखरेलले सरकारले सरुवा रोगको उपचारका लागि ठूलो धनराशि खर्च गरे पनि नसर्ने रोगका बारेमा काम गर्न नसकेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एलोपेथिक मन्त्रालयका रूपमा मात्र सिमित उहाँको भनाइ थियो ।

सो अस्पतालले प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, योगथेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्शलगायत सेवा प्रदान गर्ने अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो । अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग, प्रयोगशाला, विशिष्ट आवास कक्ष, जीवनशैली क्लिनिक आदि सुविधा छन् ।

विनाऔषधि र विनाशल्यक्रिया उपचार गरिने उक्त अस्पतालमा उच्च रक्तचाप, ग्याष्ट्रिक, मोटोपन, दम, खोकी, कम्मर, गर्धन, बाथ, हाडसम्बन्धी रोगको उपचार गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा यञ्जन गैरेले जानकारी दिनुभयोे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group