ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईसीयूबाटै सिद्धबाबा पक्राउ


एबीसी न्यूज
१६ मंसिर २०७६, सोमबार   ९ : २१   बजे

सुनसरी, १६ मंसिर । बलात्कारको आरोप लागेका कृष्ण दासलाई प्रहरीले अस्पतालको आईसीयूबाटै पक्राउ गरेको छ ।

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेपछि आइतबार नै जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गर्न खोजेको थियो । तर अनुसन्धानका लागि प्रहरी कार्यालयमा लैजान प्रहरी अस्पताल पुगेपछि नाटकीय ढंगबाट दास आईसीयूमा भर्ना भएका थिए ।

सोमबार बिहान ५ बजे सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) विनोद शर्माको टोलीले दासलाई पक्राउ गरेको हो ।

शर्माका अनुसार दासको स्वास्थ्य अवस्था सामान्य रहेकाले पक्राउ गरिएको हो । आइतबार बिहान डीएसपीकै नेतृत्वमा गएको प्रहरीको टोली पुग्नेवितिकै हृदयघात भएको भन्दै उनलाई आईसीयूमा लगिएको थियो । पक्राउ परेका दासलाई एम्बुलेन्समा राखेर अहिले जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको शर्माले जानकारी दिनुभयो ।

सनसरीको चतराधाममा १२ वर्षदेखि सिद्धबाबाको रुपमा बस्दै आएका इटहरी–२० का कृष्ण दासले आफ्नै अनुयायी महिलामाथि गएको कात्तिक ४ गते बलात्कार गरेको आरोप लागेको छ । ती महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu