ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले एकै दिन जित्यो १० स्वर्ण पदक


एबीसी न्यूज
१६ मंसिर २०७६, सोमबार   ४ : ४२   बजे

काठमाडौं, १६ मंसिर ।  दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो दिन नै १२ औं सागको भन्दा धेरै स्वर्ण हात पारेको छ ।

पहिलो दिनको खेलमा कराँते र तेक्वान्दोमा बढी पदक जितेको नेपालले अहिलेसम्म १० स्वर्ण जितिसकेको छ । यो संख्या १२ औँ सागको भन्दा ७ स्वर्ण बढी हो । यसअघि भारतमा भएको सागमा नेपालले पूरै प्रतियोगितामा जम्मा ३ स्वर्ण जितेको थियो ।

१२ औं सागमा नेपालका लागि जुडोकी फूपु ल्हामू खत्री, उसुकी निमा घर्तिमगर र फुटबल टिमले स्वर्ण जितेको थियो । तेक्वान्दोमा नेपाल १२ औँ सागमा स्वर्णविहीन भएको थियो ।

भारतको गुवाहिटी र सिलोङमा भएको १२ औँ सागमा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कास्य गरी ६० पदक जितेको थियो ।

नेपालले प्रतियोगिता उद्घाटन भएको दोस्रो दिन नै आफ्नो प्रभाव जमायो । जसमा नेपालले ७ वटा स्वर्ण जितिसकेको छ ।

१३औँ सागमा अहिलेसम्म नेपालका लागि कराँते कुमुतेतर्फ लक्ष्मण तामाङ, व्यक्तिगत पुम्सेतर्फ सिना लिम्बू, तेक्वान्दोमा कमल श्रेष्ठ, कराँते एकल कातामा मण्डेकाजी श्रेष्ठ र महिला ट्रायथलनमा सोनु गुरुङले स्वर्ण जितेका छन् । त्यस्तै नेपालले महिला पुरुष दुवै कातामा स्वर्ण जितेको छ ।
केहिवेर अघिमात्र विप्लवमानले नेपाललाई दशौं स्वर्ण दिएका छन् । कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को स्वर्ण पदक जितेको हो ।

८४ केजीमाथिको समूहमा विप्लवमान श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका हुन् । उनले पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६(५ को जित निकालेका हुन् ।

यो कराँतेमा नेपालको पाँचौं स्वर्ण हो भने समग्रमा १० ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group