ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीमा अनलाइन विज्ञापनको ठगी मौलाउँदै, दुई जना पक्राउ


admin
१७ मंसिर २०७६, मंगलबार   १ : ५२   बजे

काठमाडौं,  १७ मंसिर । पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् । आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि खानेकुरा अनलाइनबाट बुक हुन्छ र घरमै आपूर्ति हुन्छ ।

यसरी सामान खरिदमा विचार पु¥याइएन भने ठगिन सक्ने प्रवल सम्भावना छ । यस्तै एउटा घटना काठमाडौँमा सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा देखिएको अनलाइन विज्ञापनबाट सम्पर्कमा आएका व्यक्तिलाई अमेरिकाबाट ल्याइएको आइफोन, ल्यापटप, मोबाइल, क्यामरा, घडी र शृङ्गारलगायतका सामान सस्तो मूल्यमा दिने भनेर ठगी गरेको खुल्न आएको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले यसरी विज्ञापन गरेर केही व्यक्तिले लाखौँ ठगी गरेको खुल्न आएको जानकारी दिनुभयो । अनलाइनबाट सम्पर्कमा आएका उपभोक्तालाई ठगी गरेको भन्ने सूचना आएपछि महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार दुई जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी घर भई भक्तपुर बस्ने अमिर थापा र भक्तपुर कमलविनायकका अमन अवाल रहेको महाशाखाले जनाएको छ ।

एक महिनाको अवधिमा उनीहरुले सर्वसाधारणबाट रु आठ लाख बढी ठगी गरेको खुल्न आएको र उनीहरुको विषयमा थप अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसरलाई बुभाइएको महाशाखाले जनाएको छ । यस्ता शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group