ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई सहयोग आवश्यक– उपराष्ट्रपति पुन


admin
१७ मंसिर २०७६, मंगलबार   २ : ५४   बजे

काठमाडौं, १७ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले बौद्धिक अपाङ्गता भएका व्यक्तिको रक्षाका लागि सबै एक भएर काम गर्नुपर्ने बताउनुभएको छ ।

२८औँ अन्तरराष्ट्रिय अपाङ्ग दिवसका अवसरमा एशियाली बौद्धिक अपाङ्गता महासङ्घको २४औँ सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिलाई अरु व्यक्ति सरह व्यवहार गरी शैक्षिक तथा समग्र विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

उपराष्ट्रपति पुनले भन्नुभयो,“शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि उचित वातावरण पाएमा धेरै राम्रो गर्न सक्छन्, त्यसका लागि परिवार, समाज र राष्ट्रले सहयोग गर्नुपर्छ ।” विश्वमा अपाङ्गता भएका व्यक्तिले फरक तरिकाले काम गर्दै कीर्तिमान कायम गर्दै आएको उहाँले स्मरण गर्नुभयो ।उपराष्ट्रपति पुनले नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिको सम्मान, सुरक्षा र सहभागिताको व्यवस्था गरेको र सार्वजनिक सेवा, राजनीति, आर्थिक तथा सामाजिक विकासमा सहभागी गराएको जानकारी गराउनुभयो ।बौद्धिक अपाङ्ग संघका अध्यक्ष मुक्तिनाथ अधिकारीले अपाङ्गता भएका व्यक्तिको थुप्रै चुनौती भए पनि सबैको सहयोग भएमा उनीहरु अगाडि बढ्नसक्ने बताउनुभयो । महासङ्घले वौद्धिक अपाङ्गताको क्षेत्रमा महत्वपूर्ण कार्य गर्न सफल नेपाल, फिलिफिन्स र सिङ्गारपुरलाई पुरस्कार प्रदान गरेको थियो । उपराष्ट्रपति पुनले बौद्धिक अपाङ्ग सङ्घका अध्यक्ष मुक्तिनाथ अधिकारीलाई सो पुरस्कार प्रदान गर्नुभयो ।

शुक्रबारसम्म चल्ने सम्मेलनबारे जानकारी दिँदै महासङ्घका अध्यक्ष सचितानन्द श्रीवास्तवले सम्मेलनमा सुस्त मनस्थिति भएका व्यक्तिको विकासमा कस्ता रणनीति अपाउने भन्ने विषयमा छलफल गरिने बताउनुभयो । महासङ्घमा आवद्ध समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावक, स्वयम्सेवकलाई विश्वमा विकास भइरहेको नवीनतम् शिक्षण प्रणाली, प्रविधि, पुनःस्थापना र तालिका विधि नेपालमा पनि भित्र्याउन तथा सदस्य राष्ट्रबीच एकापसमा सहयोग अभिवृद्धि गर्न सम्मेलनले मद्दत गर्नेछ ।

नेपालको जनगणना २०६८ सालको तथ्याङ्कअनुसार कूल जनसङ्ख्याको दुई प्रतिशत अपाङ्गता भएको व्यक्ति रहेको उल्लेख छ भने सन् २०११ को विश्व बैंक र विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा कूल जनसङ्ख्याको १५ प्रतिशत अपाङ्गता भएका व्यक्ति भएको उल्लेख छ । सम्मेलनमा एशियाका ३५० जनाको सहभागिता रहेको छ । सम्मेलनमा १४ देशका प्रतिनिधिले पाँच विषयमा ३२ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । समापनका अवसरमा काठमाडौँ घोषणपत्र जारी हुनेछ । महासङ्घका नयाँ अध्यक्ष राष्ट्र फिलिपिन्सलाई नेपालले अध्यक्षता हस्तान्तरण गर्नेछ । नेपाल सन् २०१७ मा अध्यक्ष भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu