ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकूदमन्त्रीसँग पाकिस्तानी मन्त्रीको भेटवार्ता


एबीसी न्यूज
१७ मंसिर २०७६, मंगलबार   ८ : २०   बजे

काठमाडौं, १७ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा नेपालको तीनदिने भ्रमणमा रहनुभएका अन्तरप्रान्तीय समन्वयसम्बन्धी पाकिस्तानका मन्त्री डा फेहमिदा मिर्जाले आज युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारसँग भेटवार्ता गर्नुभयो ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० राष्ट्रका युवा खेलाडीको विशाल प्रतियोगिता नेपालले आयोजना गरेकामा नेपाललाई बधाई दिँदै उहाँले सार्कको भावनाबमोजिम लोकतन्त्रलाई सुदृढ तुल्याउन तथा परस्परमा समझदारीको वातावरण बनाउन सागजस्ता प्रतियोगिताबाट बल मिल्ने बताउनुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–पाकिस्तान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

सन् २०२० मा नेपालले भ्रमण वर्ष मनाइरहँदा पाकिस्तान–नेपालबीच कूटनीतिक सम्बन्धले पनि ६०औँ वार्षिकोत्सव मनाउने सुखद संयोग परेको बताउँदै पाकिस्तानी मन्त्रीले खेलकूद र युवा विकासका क्षेत्रमा दुई देशबीच सघन सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री सुनारले नेपाल र पाकिस्तानबीचको सरकारीस्तरको मात्र नभई जनस्तरको सम्बन्धलाई खेलकूदका माध्यमबाट अझ प्रगाढ एवं सुदृढ बनाउन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu