ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘इन्काउन्टर स्पेसलिस्ट’ डिएसपी ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी


एबीसी न्यूज
१८ मंसिर २०७६, बुधबार   ४ : ५३   बजे

काठमाडौं,१८ मंसिर । नेपाल प्रहरीका डिएसपी कुमोध ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।

काठमाडौं जिल्ला अदालतले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको प्रहरीले पुष्टि गरेको छ।

उनलाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो। लुटपाट तथा डकैती गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले डिएसपी ढुंगेलको नाम लिएका थिए। गत चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो। डकैत तथा लुटपाट घटनाका अभियुक्तले घटना गराएको दिन ढुंगेललाई भेटेको बयान दिएका थिए।

गत चैत २६ गते काठमाडौं–२९ स्थित रानीबारीमा भएको लुटपाट घटनामा पक्राउ परेका विक्रम श्रेष्ठले घटना गराएकै दिन डिएसपी ढुंगेललाई महाराजगञ्जको भेनस रेस्टुरेन्टमा भेटेको बयान दिएका थिए।

चन्द्रागिरी नगरपालिका–८ का ३६ वर्षीय श्रेष्ठ र डिएसपी ढुंगेलबीच घटना गराएको भोलिपल्ट ढुंगेलले बोक्ने गरेको ९८५११८०००० र ९८०८२३७०८२ बाट सम्पर्क समेत भएको देखिएको महाशाखाले जनाएको थियो। चैत २७ गते ढुंगेलको एनसेल नम्बरबाट श्रेष्ठले बोक्ने गरेको नम्बर ९८५११५५१८४ बिहान १०:३७ मा र नेपाल टेलिकमको पोस्पेड नम्बरबाट राति ८:२३ मा एक पटक सम्पर्क भएको देखिन्छ। जतिबेला, महाशाखा श्रेष्ठलगायतको लुटपाट टोलीको खोजीमा जुटिसकेको थियो।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहका अनुसार २८ गते पनि दुई पटक टेलिफोन सम्पर्क भएको देखिन्छ। ढुंगेलले एनसेलबाट २८ गते दिउँसो १२ :४७ र पोस्पेड नम्बरबाट दिउँसो ३स्५ मा फोन सम्पर्क भएको देखिन्छ।

डिएसपी ढुंगेल नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेसलिस्ट’को रुपमा परिचित छन्। डिएसपी ढुंगेलको नेतृत्वमा निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा संलग्न मनोज पुन र सोम आलेको गत वर्ष रुपन्देहीमा इन्काउन्टर भएको थियो।

उनी नेपाल प्रहरीमा व्यावसायिक छविका ‘बिरलै’ चिनिने अधिकृत हुन्। उपेन्द्रकान्त अर्याल महानिरीक्षक हुँदा उनी मोरङ प्रहरीमा थिए।

उनी अपराधी पक्राउकै सिलसिलामा घाइते भएका अधिकृत हुन्। दाहिने खुट्टा भाँचिएपछि उनी लामो समय उपचारमा बसे।

उपचारपछि उनको रामेछापमा सरुवा भएको थियो। रामेछापमा बस्दा उनले ‘वाहवाही’ कमाए। रामेछापमै हुँदा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गौचनका हत्यारा खोज्न खटाएको थियो।

गौचन हत्याका अभियुक्त खोज्दै रुपन्देही पुग्दा डिएसपी ढुंगेलको टोली र अपराधीबीच मुठभेड भएको थियो। सो मुठभेडमा मनोज पुन र सोम आलेको इन्काउन्टर भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group