ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुणात्मक परिवर्तन ल्याउने गरी काम गर्नुहोस्– वनमन्त्री बस्नेत


admin
१८ मंसिर २०७६, बुधबार   ६ : ५७   बजे

काठमाडौं, १८ मंसिर । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा गर्ने गरी कार्यसम्पादन गर्न मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयको दोश्रो चौमासिक समीक्षा बैठकमा आज उहाँले परम्परागत तरिकाले काम गर्ने प्रवृत्ति अन्त्य नभएसम्म ‘सुखी नेपाली, समृद्ध नेपाल’ राष्ट्रिय अभिभारा पूरा नहुने बताउनुभयो । निरन्तरताको कार्यक्रम र कार्यशैलीले परिणाम पनि निरन्तरतामै सीमित हुने भन्दै मन्त्री बस्नेतले तीव्रताका साथ काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “काम गराइको पुरानो शैलीबाट गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा हुन सक्दैन”, निरन्तरताको कार्यक्रम र कार्यशैलीले परिणाम पनि पुरानै आउँछ ।” मन्त्री बस्नेतले मन्त्रालयको वार्षिक पूँजीगत र वित्तीय खर्चको लक्ष्यअनुसार काम गर्न निर्देशन दिँदै काममा अप्ठ्यारो आइपरे आफू मन्त्रीका हैसियतमा सहजीकरणका लागि तयार रहेको स्पष्ट पार्नुभयो ।

सरकारले मुलुक निर्माणका लागि नयाँ पहलकदमी लिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नयाँ पहलकदमी उठाउँदा नयाँ चुनौती आउँछ, त्यसलाई कार्यशैली परिवर्तन गरेर समाधान गर्न सकिन्छ”, मन्त्री बस्नेतले समग्र कर्मचारीतन्त्रबाट अपेक्षित काम हुन नसक्नुमा मानसिकता, विधि प्रक्रिया वा वस्तुगत परिस्थिति र योजनाबीच तालमेल नहुने के हो भन्नेबारे सोच्नेबेला आएको बताउनुभयो ।बढ्दो वातावरण प्रदूषण रोक्न उद्योग, भौतिक, शहरी विकास र गृह मन्त्रालयका साथै महानगर र नगरपालिकासँगको समन्वयमा प्रभावकारी कदम चाल्न उहाँले वातावरण विभागलाई निर्देशनसमेत दिनुभयो । गोष्ठीमा मन्त्रालयका सचिव, सहसचिव, विभागीय प्रमुख, प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव र मन्त्रालय मातहतका विभिन्न विभागका महानिर्देशकको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu