ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वरसम्राट नारायण गोपालको सम्झनामा आज विभिन्न कार्यक्रम गरि मनाईदै


एबीसी न्यूज
१९ मंसिर २०७६, बिहिबार   ८ : २६   बजे


काठमाडौं, १९ मंसिर ।  नेपाली सङ्गीत जगत्का चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको २९ वर्ष पुगेको छ । नेपाली सङ्गीतको क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उहाँ नेपाली जन जनको मनमा अहिले पनि जीवन्त हुनुहुन्छ ।

बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उहाँ विसं १९९६ असोज १८ गते काठमाडौँमा जन्म भएको थियो । उहाँको विसं २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो । बिहीबार उहाँको २९औँ स्मृति दिवसको अवसरमा नारायण गोपाल सङ्गीत कोषले उहाँको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।

उहाँका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बदलिदियो । हिन्दी गीतबाट प्रभावित त्यतिबेलाको समयमा उहाँका एकपछि अर्को गर्दै आएका विभिन्न गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएका छन् । उहाँका गीत राष्ट्रिय भावले ओतप्रोत रहेका छन् ।

नारायण गोपालका गीतको प्रभाव बढ्न थालेपछि हिन्दी गीतको प्रभाव घटेको जानकारहरु बताउँछन् । उहाँले विसं २०१७ मा पहिलो गीत रेकर्ड गरेर साङ्गीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो ।

प्रेम र देशभक्ति गीत गाउन रुचाउने उहाँले शब्द र सङ्गीतलाई निकै ध्यान दिने गरेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ९रायन० बताउनुहुन्छ । “परम्परागतरूपमा चलिआएको सङ्गीतमा नारायण गोपालले आधुनिकता भर्ने काम गर्नुभयो”, उहाँले भन्नुभयो, “जति गीत गाउनुभयो सबै उत्तिकै राम्रा छन् ।”

नारायण गोपाल पहिलोपटक त्रिचन्द्र कलेजको वार्षिकोत्सवमा साथीहरुको साथ तबला वादकका रूपमा स्टेजमा चढ्नुभएको थियो । नारायण गोपालले नराम्रा गीत गाउनलाई अस्वीकृत गरेर शब्द र सङ्गीत उत्कृष्ट भएका गीतहरु मात्र गाउने गरेको उहाँले बताउनुभयो ।

उहाँका गीत अहिलेका पुस्तामाझ पनि कर्णप्रिय बन्न सफल रहेका छन् । उहाँ उत्कृष्ट आधुनिक गीतहरु पस्किएर नेपाली सङ्गीत क्षेत्रमा देखिएको रिक्ततालाई मेटाउन सफल ठहरिनुभयो । प्रेमसम्बन्धी गीत गाएर लाखौँ युवा वर्गको रोजाइमा पर्न सफल हुनुभयो । नारायण गोपालले नेपाली सङ्गीतको क्षेत्रमा कहिल्यै भुल्न नसकिने गुन लगाउनुभएको छ ।

साङ्गीतिक जीवनमा उहाँले केही असफलता पनि बहोर्नुपरेको थियो । पहिलोपटक नै स्वर परीक्षामा अनुत्तीर्ण हुनुपरेको थियो भने चलचित्र माइतीघरको गीत गाउन जाँदा गाउन नसकेर अस्वीकृत हुनुप¥यो । उहाँले भारतको बडोदामा शास्त्रीय सङ्गीतको अध्ययन पूरा नगरी छाडनुपरेको थियो ।

करीब १०० बढी गीतमा आवाज भर्नुभएका उहाँका सबै गीत कालजयी छन् । अहिलेको समयमा पनि उत्तिकै राम्रा मानिन्छन् । नारायण गोपालको घरमा शास्त्रीय सङ्गीतबाहेक आधुनिक गीतमा रम्न मनाही थियो । बुबाले आधुनिक सङ्गीतलाई हलुका रङ्गीन ठान्नुहुथ्यो पूर्व–पश्चिम राजमार्गको निर्माण कार्य चलिरहेका बेला उहाँले ‘जाग लम्क चम्क हो नौ जवान हो।।।’ बोलको गीतमा स्वर दिएर ऊर्जा थपिदिने कार्य गर्नुभएको थियो ।

उहाँ गायक सङ्गीतकारका अतिरिक्त इतिहासका जानकार, फुटबल खेलका पारखी, चेस खेलाडी, कुशल भान्से, फोटोग्राफरका रूपमा पनि रहनुभएको जानकारहरु बताउँछन् । उहाँले मानविकी शास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।

विसं २०२७ फागुनमा पेमालाका साथ वैवाहिक जीवनमा बाँधिए पनि उहाँहरुबाट कुनै सन्तान जन्मिएनन् । नारायण गोपालको स्मृति दिवसका दिन सङ्गीत कोषले उहाँको सम्झनामा निर्माण हुन लागेको भवनको शिलान्यास, स्रष्टा सम्मान र प्रवचन कार्यक्रमको आयोजना गर्न लागेको कोषका प्रशिक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।

एउटा मान्छेको मायाले कति, आँखा छोपी नरोऊ भनी, पर्खी बसेँ आउला भनी, यति धेरै माया दिई, यो सम्झिने मन त, अल्झेछ क्यारे पछ्यौरी तिम्रो, म त लालीगुराँस भएछु, ल सुन मेरो रामकहानी, यति चाखो यति मिठो, तिमीलाई म के भनुलगायतका दर्जनौँ अजर अमर गीतमा नारायण गोपालले स्वर भर्नुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu