ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा क्षेत्रको विकासका लागि राजनीति नगर्न पूर्व राष्ट्रपति यादवको आग्रह


admin
२० मंसिर २०७६, शुक्रबार   १२ : ४६   बजे

काठमाडौं, २० मंसिर । पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ । उहाँले शिक्षा क्षेत्रको विकासका लागि सरकार र जनप्रतिनिधि मुख्य जिम्मेवार रहेको र यसका लागि गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

बारबर्दिया नगरपालिका–६ मा सदाशिव बहुमुखी क्यापसको जग्गा खरीद र पूर्वाधार निमार्णका लागि बिहीबारदेखि शुरु भएको धनधान्याञ्चल महायज्ञ उद्घाटन कार्यक्रममा उहाँले शिक्षा क्षेत्रको विकास गर्न यसअघि नै बनेको शिक्षा आयोगले अध्ययन गरी सिफारिस गरेको सुझावलाई मात्रै नेपाल सरकारले योजना बनाएर कार्यान्वयन गरेको भए अहिलेसम्म शिक्षा क्षेत्र धेरै अगाडि गइसक्ने थियो भन्नुभयो ।

स्थानीयस्तरमै उच्च शिक्षासम्म अध्ययन गराउने उद्देश्यले विसं २०६६ मा अशुंवर्मा माविको प्राथमिक कक्षा सञ्चालन ब्लकको भवनमा शुरु गरिएको थियो । अहिले पनि क्याम्पस सोही भवनमा चल्दै आएको छ । उच्च शिक्षा क्याम्पसलाई व्यवस्थित गर्न सहयोग गर्ने उद्देश्यले स्थानीय शिक्षाप्रेमी दिपिन पोखरेलले पाँच कठ्ठा जग्गा दान गरेपछि सोही जग्गामा भवन निर्माण गरी पठनपाठन शुरु गरिएको छ ।बारबर्दिया नगरपालिकाले नगरक्षेत्रमा कुनै पनि शैक्षिक संंस्था सञ्चालन गर्न न्यूनतम एक बिघा जग्गा अनिवार्य हुनपर्ने नीतिगत निर्णय गरेको छ ।

थोरै मात्र जग्गामा आवश्यक पूर्वाधार निर्माण गर्न पनि समस्या भएको छ । सदाशिव बहुमुखी क्याम्पस नगरपालिकाका नागरिकलाई उच्च शिक्षा प्रदान गर्ने महत्वपूर्ण शैक्षिक संस्था भएकाले यसको सबै क्षेत्रको विकास गर्न आफूले सबै किसिमको काममा सहकार्य गर्ने बारबर्दिया नपाका प्रमुख दुर्गाबहादुर थारूले बताउनुभयो । क्याम्पसको जग्गा खरीद र पूर्वाधार निर्माण गर्न स्थानीयवासी पनि सक्रियरूपमा लागेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण उच्च शिक्षा लिनबाट वञ्चित विद्यार्थीलाई उच्च शिक्षाको सपना पूरा गर्न महायज्ञमार्फत सहयोग पुग्ने विश्वास रहेको स्थानीय शिक्षाप्रेमी कालिप्रसाद थारूले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group