ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तपाईँहरुलाई बुझ्न गाह्रो हुन्छ भन्दै उहाँहरुलाई बिदा गर्नुपर्थ्यो – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
२१ मंसिर २०७६, शनिबार   ८ : ०७   बजे

कैलाली, २१ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखा परेको बताउनुभएको छ ।

शुक्रबार धनगढीमा ‘सुदूर पश्चिम वित्तीय सम्मेलन’मा सम्बोधन गर्दै प्रचण्डले राजनीतिक परिवर्तनसँगै पुरानो राज्य व्यवस्थामा काम गरेका कर्मचारीलाई बिदा गर्न नसक्नु आफूहरुको ठूलो कमजोरी भएको पनि बताउनुभयो ।

कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको टिप्पणी गर्नुभएका प्रचण्डले नेताले हार्ने र कर्मचारीले जित्ने अवस्था आउन नहुने पनि बताउनुभयो ।

उहाँले कर्मचारीहरु नयाँ व्यवस्थामा काम गर्नै नसक्ने खालका भएको पनि आरोप लगाउनुभयो । प्रचण्डले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि पुरानो संरचनामा काम गरेका हाकिमहरुको एउटा लेयरलाई सम्मानजनक रुपमा बिदा गर्नुपर्थ्यो । तपाईँहरु पुरानो स्कुलको मान्छे पर्नुभयो । हामी नयाँ स्कुलका मान्छे पर्यौँ । हामीले साह्रै ठूलो परिवर्तनको घोषणा गर्‍यौँ, तपाईँहरुलाई बुझ्न गाह्रो हुन्छ भन्दै उहाँहरुलाई बिदा गर्नुपर्थ्यो । ’

प्रचण्डले नयाँ व्यवस्थामा पुराना कर्मचारीलाई हटाएर आफूहरुले नयाँ र सक्षम कर्मचारी ल्याउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी तपाईँहरुको ठाउँमा आफूले भनेका मान्छे ल्याउँथ्यौँ । गोल्डेन ह्यान्डसेक वा अरु केही दिएर उहाँहरुलाई सम्मानपूर्वक रुपमा बिदा दिनुपर्थ्यो । तपाईँहरु बिदा भएर घर घर जानुस् अरु पेशा गर्नुस् भन्नुपर्थ्यो । सुरुमै सम्झौता नै गरेर बिदा गर्नु पर्थ्यो । मैले नै गर्न सकिनँ । अरुलाई के भन्नू । गर्न त सबैभन्दा बढी मैले गर्नुपर्थ्यो । सबैलाई बिदा गर्न गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री मै भएको थिएँ । तपाईँहरु हुन्न भन्न सकिनँ । अहिले यसो हेर्दा संविधानअनुसार चल्न पर्यो भन्दा नमान्ने कर्मचारीलाई बिदा गर्न नरोक्नु पर्ने हो नि । तर हामी त्यसो गर्न सकिरहेका छैनौँ । बरु कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा दिइएको अधिकार पनि संघतिरै लैजाने काम भएको छ ।’

प्रचण्डले संघीयता लागू गर्ने सवालमा कर्मचारीतन्त्रबाट असहयोग भएको पनि आरोप लगाउनुभयो । कर्मचारीहरु केन्द्रिकृत मानसिकताबाट मुक्त हुन नसकेको बताउँदै प्रचण्डले अहिलेको अवस्था हेर्दा फेरि पनि उपलब्धि गुम्ने हो कि भन्ने खतरा देखिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले सडकमा विपद् : कृष्णभीरदेखि मनाङसम्म चार राजमार्ग अवरुद्ध

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu