ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुशासन स्थापनाका लागि जिम्मेवारीपूर्वक काम गर्न आग्रह– मुख्यमन्त्री राई


admin
५ पुस २०७६, शनिबार   ७ : २५   बजे

काठमाडौं, ५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलकमा सुशासन स्थापनाका लागि पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।रिपब्लिक हेराल्ड मिडिया प्रालिको प्रथम वार्षिकोत्सव तथा कोशी अनलाइन डटकलको शुभारम्भ, कार्यालय भवन उद्घाटन र मोबाइल एपको आज यहाँ सार्वजनिक गर्दै उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि भरपर्दो, विश्वसनीय र जवाफदेहिताका साथ सत्यतथ्यका आधारमा पत्रकारले समाचार सम्प्रेषण गर्न सक्नुपर्दछ ।”

मुख्यमन्त्री राईले नेपालको संविधानमा प्रेसलाई पूर्ण स्वतन्त्रता प्रदान गरेको बताउँदै सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा पत्रकारिता क्षेत्रले अझ बढी जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । उहाँले विश्वमा रहेका नवीनतम प्रविधिको प्रयोग नेपालको अनलाइनमा हनुपर्नेमा पनि जोड दिनुभयो । मिडियाका अध्यक्ष प्रभात खडका, सल्लाहकार सम्पादक गणेश लम्साल, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का महासचिव विवेक गौतम, मिडियाका टङ्क सुवेदी र हरि अधिकारीले आचारसंहिताको पालना गरी व्यावसायिक दक्षता र उच्चतम प्रविधिको प्रयोग गरी जनताको विश्वास हासिल गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा मुख्यमन्त्री राईले पत्रकारिताको माध्यमबाट स्वास्थ्य र कृषिको विकासमा उल्लेखनीय योगदान पु¥याएवापत लेखकद्वय नवराज सुब्बा र राजेन्द्र उप्रेतीलाई सम्मान गरिएको थियो । विराटनगर महानगरपालिका–२ मा स्थापित उक्त मिडियामा रु एक करोड ५० लगानी रहेको छ भने त्यसमा २० पत्रकार र कर्मचारी कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चेम्बर अफ कमर्सद्वारा बाढीपीडितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

एनभीएलको उद्घाटन दिनको टिकट बिक्रीबाट आएको रकम दैवी प्रकोप उद्धार कोषमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu